नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचारको आरोप लागेपछि अहिले नयाँ तरंग सिर्जना भएको छ । उनलाई सत्तारुढ दल नेकपाकै सांसदले ९ अर्व रुपैया भ्रष्टाचार गरेको आरोप लगाए ।

सांसद अमनलाल मोदीले ९ अर्ब भ्रष्टाचारको आरोप कुलमानलाई लाएका छन् । लोड सेडिगं हटाएर निकै चर्चा पाएका कुलमानलाई भ्रष्टाचारको आरोप लगाए पछि अमनलाल मोदीको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ ।

अमनलालले भ्रष्टाचारको आरोप लगाएपछि कुलमानले भ्रष्टाचार प्रमाणीत भए आफु झुण्डिएर मर्ने चेतावनी दिए । उनले भनेका छन् म गलत भएको प्रमाण देखाए म झुण्डीएर मर्न तयार छु । कुलमानले दिएको यो चुनौती स्वीकार गर्दै सांसद मोदीले पनि आफु पनि गलत भए आत्महत्या गर्ने चेतावनी दिए । उनले भनेका छन् म पनि गलत भए टुडिखेलमा एक चम्चा पानिमा डुबेर मर्न तयार छु । लोडसेडिगं हटाएर चर्चा कमाएका कुलमानले त्यसैको आडमा भ्रष्टाचार गरेको मोदीको आरोप छ ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराएका थिए ।

Comments