एजेन्सी – अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा भएको छ ।कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको हो । मेस्सीको कप्तानीमा घोषणा गरेको अर्जेन्टिनी फुटबल टोली बलियो देखिएको छ ।उक्त २३ सदस्यीय टिम लियोनल मेस्सीको कप्तानीमा घोषणा हुदाँ बलियो देखिएको छ ।

टिममा विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेकोले नै टिम निकै बलियो देखिएको बताइएको छ । फरवार्ड लाइनमा कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका सर्जियो अग्युरो र इटालियन सिरी ए को उपाधि दिलाएका पाउल डिबाला परेका छन् ।त्यस्तै गोलकिपरमा फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा र अगस्टिन मारचसिन परेका छन् ।

यस्तै डिफेन्डर जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना र मिल्टन कस्को टिममा परेका छन् ।मिडफिल्डर लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल र एन्जल डि मारिया पनि टिममा परेका छन् ।

Comments