नेपाली लेग स्पीनर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य समेत रहेका चर्चित क्रिकेटर सन्दीप लामिछाने व्यक्तिगत कारणले अष्ट्रेलिया प्रस्थान गरेका हुन् । उनी मंगलबार दिउँसो एक बजे सिंगापुर एयरलाइन्समार्फत अष्ट्रेलियातर्फ गएका हुन् ।

सन्दीपका नेपाली व्यवस्थापक रमन शिवाकोटीले जनाए अनुसार उनी कति दिन बस्ने भन्ने बारे त्यहाँ पुगेपछि थाहा हुने बताइएको छ। यस सिजनको इण्डियन प्रिमियर लिग ९आईपीएल० खेलेर नेपाल फर्किएलगत्तै उनी अष्ट्रेलियातर्फ लाग्नु व्यक्तिगत कारण रहेको बताइएको छ ।

Comments