काठमाडौं- युटुबमा यतिबेला निकै चर्चामा छिन्, पुष्पलता आचार्य । उनी आफ्नो नामले भन्दा पनि बुलेट आमा वा बुलेटवाली आमा भनेर दर्शक माँझ परिचित भएकी छिन् । ६१ बर्षकी पुष्लता यो उमेरमा पनि उहि जोश र जाँगरका साथमा युवा पुस्तालाई पछि पार्दै रफ्तारमा बुलेट बाईक दौडाउँछिन् । उनको यो कला देख्दा धेरै अचम्मित पर्दछन् । कतिले त उनलाई बुलेट चलाउन छोड्न पनि सुझाउँछन् तर पुष्पलता नारीहरु पुरुष भन्दा कुनै कुरामा कम नरहेको भन्दै बुलेट कुदाइरहन्छिन् ।

पुष्पलता आचार्य एक कुशल साहित्यकार पनि हुन् । उनले तिमी जस्ती सुवासिली, बल्ल पर्यो निरमाया माकुरी जालैमा लगायतका चर्चित गीतहरु पनि रचेकी छिन् । साथै उनी चलचित्र बजैपात र गँगाकी निर्मात्री पनि हुन् । यसैबिच शिशिर भण्डारीले पुष्पलतालाई भेटेर उनको बुलेट यात्रा र अन्य कुरा गरेका थिए । कुराकानीमै उनले आफ्नो बुलेट दुर्घटनाको कुरा पनि सुनाईन् । भिडियो हेर्नुस

Comments